

Call for Councilors
रसुवा र यसको आसपासका क्षेत्रमा हालै गएको विनाशकारी बाढीपछि, आपतकालीन उद्दार ,भौतिक राहत जत्तिकै मानसिक स्वास्थ्य र मनोवैज्ञानिक आघातको सम्बोधन गर्नु अत्यन्त जरुरी छ। तत्काल उद्धार र शारीरिक उपचारपछि पनि, प्रभावितहरूले गहिरो डर, त्रास, चिन्ता, निद्रा नलाग्ने समस्या र भावनात्मक पीडाको सामना गरिरहेका छन्। हामी प्रभावित व्यक्ति र परिवारहरूलाई निःशुल्क टेलि-काउन्सिलिङ (फोन मार्फत परामर्श) र भावनात्मक सहयोग प्रदान गर्न योग्य मानसिक स्वास्थ्य पेशेवरहरू र मनोसामाजिक परामर्शदाताहरूको एउटा टोली निर्माण गर्दैछौं। यदि तपाईं तालिम प्राप्त मनोपरामर्शदाता, मनोवैज्ञानिक वा मानसिक स्वास्थ्यकर्मी हुनुहुन्छ र आफ्नो समय, सीप र साथ दिन इच्छुक हुनुहुन्छ भने, कृपया यो फारम भर्नुहोस्। सँगै मिलेर हामी प्रभावितहरूलाई उनीहरूको मनको घाउमा मलम लगाउन र जीवनलाई पुनः सम्हाल्न मद्दत गर्न सक्छौं। मनको कुरा सुन्न हामी छौँ। https://forms.gle/MWVvbjwTQc9MgTED9

